इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले म्यानर्स (म्युचुअल्ली एग्रिड नर्मस फर राउटिब सेक्युरिटी)मा हस्ताक्षर गरेको छ ।
कम्पनी नेपालकै पहिलो हस्ताक्षरकर्ता कम्पनी बनेको हो । म्यानर्स राउटिब सेक्युरिटीसम्बन्धी परामर्श दिनका लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल इनिसिएटिभ हो ।
यसले इन्टरनेट राउटिबमा हुने समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गरी राउटिब सेक्युरिटीसम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्ने सुबिसुले जनाएको छ ।