कोरोना मिटर : कुल संक्रमित झन्डै दुई लाख, आज थपिए २७ सय ३६ जना संक्रमित

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या दुई लाखनजिक पुगेकाे छ । मंगलबारसम्म संक्रमित हुनेकाे संख्या एक लाख ९९ हजार सात सय ६० पुगेको हाे ।

संक्रमणमुक्त भई आज आठ सय ५३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख ६० हजार पाँच सय ७७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । 

हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार