घट्यो सुनको मूल्य

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपालमा मंगलबार सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो । 

सोमबार प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुन मंगलबार ९४ हजार आठ सयमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला तीन हजार चार सयले घटेको छ । सोमबार प्रतितोला रु. ९७ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९४ हजार तीन सयमा कारोबार भएको छ ।

यस्तै, राससका अनुसार चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले घटेर एक हजार दुई सय १५ मा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ८५ मा कारोबार भएको थियो । 

See More On

सुझावित समाचार