कोरोनाबाट थप १८ जनाको निधन

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप १८ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत सोमबारसम्म संक्रमणबाट निधन हुनेको संख्या ११ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार थप २५ सय ७१ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर १७  सय ९८ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३६ हजार एक सय ७४ छ । 

संक्रमितमध्ये चार सय ११ जनाको आइसियू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  

सुझावित समाचार