कोरोना मिटर : आज थपिए २५ सय ७१ जना संक्रमित

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ११ हजार एक सय ७७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

संक्रमणमुक्त भई आज १७ सय ९८ जना डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख ५९ हजार सात सय २४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । 

संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

हाल देशभर सक्रिय संक्रमित ३६ हजार एक सय ७४ जना रहेका छन् । 

मन्त्रालयका अनुसार संक्रमितमध्ये चार सय ११ जनाको आइसियू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सुझावित समाचार