पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २९ सय नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेको छ ।
संक्रमणमुक्त भई आज ४५ सय जना डिस्चार्ज भएका छन् ।
हालसम्म एक लाख ५२ हजार नौ सय आठजना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमित ३४ हजार नाै सय पाँचजना रहेको मन्त्रालयले जनाएको छ ।