कोरोना संक्रमित १४ वर्षीय बालक र ७८ वर्षीया वृद्धको निधन

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित एक बालक र एक वृद्धाको धरानमा निधन भएको छ । 

कोरोना संक्रमित कटारी उदयपुरका १४ वर्षका बालकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

१२ कात्तिकमा कोरोना पोजेटिभ देखिएको उनकाे उपचारका क्रममा शुक्रबार बिहान ९ः५० मा निधन भएको डा. श्रेष्ठले जानकारी दिए । 

मृतक बालक क्षयरोगबाट पीडित रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी अस्पतालमा उपचाररत ७८ वर्षीया वृद्धको पनि निधन भएको छ । 

धरान १२ की वृद्धामा बिहीबार कोरोना पोजेटिभ देखिएको थियो । उनको बिहीबार राति ११ बजे निधन भएको अस्पतालले जनाएको छ । 

दुवैजना मृतकको नियमअनुसार शव व्यवस्थापन हुने अस्पतालले जनाएको छ । 

सुझावित समाचार