२३ वर्षीया युवतीसहित कोरोना संक्रमित तीनजनाको धरानमा निधन

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित तीनजनाको धरानमा निधन भएको छ । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा उपचाररत एक महिला र दुई पुरुषकाे निधन भएकाे हाे ।

मृत्यु भएका मोरङ जिल्लाका ५९ वर्षीय पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र मुटु रोग रहेको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । ९ कात्तिकमा कोरोना पजिटिभ देखिएको उनको १९ गते बुधबार राति ३ बजे निधन भएको श्रेष्ठले बताए । 

त्यसैगरी अस्पतालमा उपचाररत कोरोना संक्रमित २३ वर्षीया युवतीको निधन भएको छ । राजविराज– १ सप्तरीकी कोरोना संक्रमित युवतीको निधन भएको हो । 

उनी रक्तअल्पतालगायतका बिरामी भएकाे र उनमा यही १८ कात्तिकमा कोरोना पजिटिभ देखिएको अस्पतालले जनाएको छ । 

उनको बुधबार राति ३ः१५ मा निधन भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी अस्पतालमा उपचाररत अर्का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि निधन भएको छ । राजविराज– ८ सप्तरीका उनमा १५ कात्तिकमा कोरोना पजिटिभ देखिएको थियो ।

उनको बिहीबार बिहान ८ बजे निधन भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । 

मृतक तीनैजनाको शव नियमअनुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।

सुझावित समाचार