गण्डकीमा नयाँ एक सय पाँचजनामा कोरोना संक्रमण

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

पोखराका ४८ जनासहित गण्डकी प्रदेशमा थप एक सय पाँचजना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा नवलपुरका ४७ जना छन् । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार निकालेको पहिलो र दोस्रो विज्ञप्तिअनुसार नवलपुरमा थपिएका सबै संक्रमित कावासोतीका हुन् ।

त्यसैगरी बाग्लुङको काठेखोलाका एकजना, पर्वतको कुस्माका दुईजना र स्याङ्जाका दुईजना संक्रमित थपिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ हजार तीन सय ६९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

सुझावित समाचार