काेराेना मिटर : आज थपिए ३३ सय नौजना संक्रमित, ३८ सय ४४ जना निको भए

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप ३३ सय नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको छ ।

संक्रमणमुक्त भई आज ३८ सय ४४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख ४४ हजार नौ सय ७८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । 

हाल देशभर सक्रिय संक्रमित ३६ हजार नौ सय ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन सय ८९ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 

सुझावित समाचार