एक नौ वर्षीया बालिकासहित दुईजना कोरोना संक्रमितको धरानमा निधन भएको छ ।
इटहरी– ६ सुनसरीकी ९ वर्षीया कोरोना संक्रमित बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा निधन भएको हो ।
उनमा १७ कात्तिकमा कोरोना पजिटिभ देखिएकोमा ती बालिकाको १८ गते राति ३ः२५ मा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी अर्की कोरोना संक्रमित ६१ वर्षीया महिलाको पनि सोही अस्पतालमा निधन भएको छ ।
उनी धरान– १ सुनसरीकी रहेको र उनमा ३० असोजमा कोरोना पजिटिभ देखिएको डा. श्रेष्ठले जानकारी दिए ।
कोरोना उपचार अस्पतालमा ५ कात्तिकमा भर्ना भएकी उनको १८ गते राति ३ः१५ मा निधन भएको डा. श्रेष्ठले जानकारी दिए ।
दुवै मृतकको शव व्यवस्थापन नियमअनुसार हुने अस्पतालले जनाएको छ ।