काेराेना मिटर : आज थपिए ३१ सय १४ संक्रमित

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

देशभर पछिल्लो २४ घन्टामा थप ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुने एक लाख ७९ हजार ६ सय १४ पुगेका छन् ।

संक्रमणमुक्त भएर आज ३१ सय ४२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म एक लाख ४१ हजार तीन सय ३४ जना संक्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार संक्रमणमुक्त हुने दर ७८.६ प्रतिशत छ ।

हाल सक्रिय संक्रमित भने ३७ हजार चार सय ७६ जना छन् । 

संक्रमितमध्ये तीन सय ७२ जनाको आइसियू र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सुझावित समाचार