धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक कर्मचारीको कोरोनाका कारण ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
सप्तरीको महादेवा– ६ घर भएका उनको दिसा पातलो हुने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिएपछि सोमबार दिउँसो अस्पतामा भर्ना गरिएको थियो ।
दिउँसो एक्कासि सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । कुनै रोग नभएका उनलाई मृत्युपश्चात् पिसिआर परीक्षण गर्दा कोरोनाको रिपाेर्ट पजिटिभ आएको थियो ।
यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।