देशभर पछिल्लो २४ घन्टामा थप २९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १३ हजार चार सय ४६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थप भएका संक्रमितमा काठमाडौं उपत्यकाका १६ सय ३० जना छन् ।
आजसम्म देशभर संक्रमित हुनेको संख्या एक लाख ७६ हजार पाँच सय पुगेको छ ।
त्यसैगरी आज ३१ सय ५० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
हालसम्म एक लाख ३७ हजार नौ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
नेपालमा संक्रमण निको हुने दर ७८.२ प्रतिशत छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये तीन सय ४७ जनाको आइसियू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।