कांग्रेस महासमिति सदस्य मण्डलको निधन

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेस बाराका महासमिति सदस्य मेदनी महतो (मदन मण्डल)को निधन भएको छ । 

उपचारका लागि आइतबार काठमाडौं ल्याउँदै गर्दा बाटोमा नै निधन भएको कांग्रेसले जनाएको छ । 

उनको निधनमा कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । 

कांग्रेसले विज्ञप्ति निकालेर बारा कोटवाल गाउँपालिका ५ का उनले देशको लोकतान्त्रिक आन्दोलनमा योगदान पुऱ्याएको भन्दै उनको निधनले पार्टीले युवा नेतृत्व गुमाएको जनाएको छ ।

सुझावित समाचार