कोरोना मिटर : आज थपिए २५ सय आठ संक्रमित, कुल संक्रमितकाे संख्या एक लाख ७० हजार नाघ्याे

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप २५ सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा देशभरका विभिन्न प्रयोगशालामा नौ हजार दुई सय ७९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १३ सय ५७ जना रहेका छन् ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ ।

त्यसैगरी आज २२ सय ६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख ३१ हजार दुई सय २२ संक्रमणमुक्त भइसकेका छन् । 

संक्रमण निको हुने दर ७६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार पाँच सय ८४ छ ।

संक्रमितमध्ये दुई सय ९६ जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार