कोरोना मिटर : आज थपिए ३५ सय १७ संक्रमित, चार हजार ९६ निको भए

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

देशभर पछिल्लो २४ घन्टामा ३५ सय १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

यो अवधिमा १४ हजार नौ सय ८९ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८ सय ८८ जना छन् ।

आजसम्म संक्रमित हुनेको संख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ ।

त्यसैगरी आज चार हजार ९६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

हालसम्म एक लाख २८ हजार नौ सय ५८ जना संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुने दर ७६.७ प्रतिशत छ ।

हाल सक्रिय संक्रमित ३८ हजार तीन सय ५७ जना छन् । 
 

सुझावित समाचार