गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप दुईजनाको ज्यान गुमेको छ ।
एकजनाको होम आइसोलेसन र एकजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा ज्यान गुमेको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका पोखरा– १८ का ८१ वर्षीय वृद्धको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
उनको शुक्रबार बिहान ज्यान गुमेको हो । उनलाई दुई दिनअगाडि कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा स्याङ्जाको वालिङ– ५ की ७० वर्षीया वृद्धाको निधन भएको हो ।
उनीलाई यही ९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि आइसियूमा राखेर उपचार जारी राखिएको थियो ।
ती वृद्धामा निमोनियालगायतका समस्या रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनीहरूसँगै कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।