विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना स‌ंक्रमणबाट संक्रमित भएकाहरूको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभर चार करोड ५० लाख १८ हजार तीन सय ५४ जना संक्रमित भएका छन् । 

कोरोनाका कारण विश्वभर अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरूमा जनाइएको छ । 

सङ्क्रमित भएकाहरूको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौँमा फ्रान्स रहेका छन् । 

अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार सात सय ६७ जना सङ्क्रमित भएका छन् भने दुई लाख ३४ हजार एक सय ७७ को मृत्यु भएको छ ।  

त्यसैगरी भारतमा ८० लाख ८८ हजार आठ सय ५१ जना संक्रमित हुँदा एक लाख २१ हजार एक सय ३१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । 

तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार चार सय दुईजना संक्रमित र एक लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार नाै सय ७६ जना संक्रमित र २७ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार सात सय ६९ जना संक्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका दुई सय १८ देशमा फैलिएको छ भने संक्रमित भएर पनि निको भइसकेकाहरूको संख्या तीन करोड ३० लाख १८ हजार ६ सय ९७ रहेको छ । 

त्यसैगरी अहिले पनि संक्रमित अवस्थामै रहेका कुल एक करोड ११ लाख ७६ हजार चार सय २५ मध्ये एक करोड दश लाख ९४ हजार एक सय ४३ जनाको अवस्था मध्यम रहेको छ ।   

स्केच तस्बिर : फोर्ब्स डटकमबाट

सुझावित समाचार