पछिल्लो २४ घन्टामा २३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा नौ हजार सात सय ६९ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप संक्रमितमध्ये काठमाडौं उपत्यकाका १६ सय १५ जना छन् । आज थप भएकोसमेत देशभर हालसम्म एक लाख ६४ हजार सात सय १८ जना संक्रमित भइसकेका छन् ।
त्यसैगरी तीन हजार ३८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन सय चारजनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।