काेराेना मिटर : आज थपिए १९ सय ५४ संक्रमित, निको भए २९ सय ८१ जना

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थपिएका छन् ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ ।

यो अवधिमा आठ हजार दुई सय ४८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दसैँ परेकाले अघिल्ला दुई दिन परीक्षण निकै घटेको थियो ।

यसैगरी आज २९ सय ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । निको हुने दर ७५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

हाल सक्रिय संक्रमित भने ३९ हजार ६ सय ४३ जना छन् ।

संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार