काठमाडौं उपत्यकामा थपिए आठ सय ४३ संक्रमित

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बुधबार थप आठ सय ४३ जना कोरोनाबाट संक्रमित भएका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी ६ सय ९६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ललितपुरमा एक सय १८ जना र भक्तपुरमा २९ जना संक्रमित भएका छन् । 

देशभर बुधबार १९ सय ५४ जना संक्रमित भएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन् । 

सुझावित समाचार