मिहिनेतको फल : तामाकोसी किनारमा झुल्दै धान (फोटोफिचर)

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

देशको प्रमुख बालीका रूपमा रहेको धान पाक्ने समय अहिले हो । सामान्यतया देशमा जेठदेखि साउनभित्र धान रोप्ने गरिन्छ ।

त्यसवेला राेपिएको धान सामान्यतया असोजदेखि मंसिरसम्ममा पाक्ने गर्दछ । 

पहाडी भेगका बेंसीमा तथा तराई–मधेसमा धान धेरै फल्ने गर्दछ ।

नेपालीहरूको खानपानमा भातको प्रयोग धेरै हुने भएकाले देशमा धानको खेती हजारौँ वर्षदेखि हुँदै आएको छ । 

देशको कुल गार्हस्थ्य उत्पादनमा धान खेतीको योगदान धेरै रहेको छ । 

तामाकोसी नदी सडक किनारस्थित कुनौरी फाँटमा झुलेका धान खेतको फोटो नयाँ पत्रिका सहकर्मी संजित परियारले खिचेका छन् । 

सुझावित समाचार