लमजुङका कैदीबन्दीले कारागारमा लगाए टीका

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

जिल्ला कारागार लमजुङका कैदीबन्दीले कारागारमै टीका लगाएका छन्  । विजयादशमीका दिन कारागारमा रहेका ज्येष्ठ  उमेरका कैदी ६६ वर्षीय रेखबहादुर थापा क्षेत्रीको हातबाट  कारागारमा रहेका कैदीबन्दीले टीका लगाएका हुन् ।

विगतका वर्षहरूमा  कैदीबन्दीलाई आफन्तजनसँग टीका लगाउन दिए पनि यस वर्ष कोरोनाका कारण  आफन्तलाई टीका लगाउन रोक लगाइएको  कारागारका प्रमुख विष्णुप्रसाद पौडेलले बताए  । 

३५ जनाको क्षमता रहेको कारागारमा हाल ८१ जना कैदीबन्दी छन् । जसमा ७५ पुरुष र  ६ जना महिला  कैदीबन्दी रहेका छन् । कारागारमा रहेका चौकीदार मेखबहादुर दुराले कारागारमा कैदी जीवन बिताइरहेका कैदीबन्दीलाई सकारात्मक सोचका साथ जीवनलाई थप सिर्जनशील र सीपमूलक बनाउन आग्रह गरे ।

सुझावित समाचार