कोरोना संक्रमित एक महिला र एक पुरुषको धरानमा निधन

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित दुईजनाको धरानमा निधन भएको छ । 

कोरोना संक्रमित ६३ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको हो । 

निधन भएका ती पुरुष शनिश्चरे मोरङका बासिन्दा भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 
मृतक पहिलादेखि नै मधुमेहबाट पीडित रहेको उनले जानकारी दिए । 

१ कात्तिकमा उनमा कोरोना पोजेटिभ देखिएकोमा आइतबार राति १० बजे उनको निधन भएको हो । 

त्यसैगरी सोही अस्पतालमा उपचाररत अर्की ८३ वर्षीया कोरोना संक्रमित वृद्धाको पनि निधन भएको छ । 

धरानकी ती महिला उच्च रक्तचापबाट पीडित रहेको र उनमा आइतबार कोरोना पजिटिभ देखिएको थियो । 

ती वृद्धाको आइतबार राति ३ बजे निधन भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । 

मृतक दुवैजनाको शव नियमअनुसार व्यवस्थापन हुने उनले बताए ।

सुझावित समाचार