कोरोना संक्रमित एक वृद्धको धरानमा निधन

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित ७९ वर्षका एक वृद्धको निधन भएको छ ।

इटहरी सुनसरी घर भएका उनको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

उनी मिर्गाेला र उच्च रक्तचापको दीर्घरोगी रहेको पनि उनले जानकारी दिए । 

निधन भएका व्यक्तिमा यही ६ कात्तिकमा कोरोना पजिटिभ देखिएको हो । कोभिड अस्पतालमा ९ कात्तिक अर्थात् आइतबार भर्ना भएका थिए । 

मृतकको शव नियमअनुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ । 

सुझावित समाचार