कोरोना मिटर : आज देशभर २८ सय ५६ मा संक्रमण, उपत्यकामा १५ सय ३५ संक्रमित

आइतबार, ९ कार्तिक, २०७७
डिजिटल संस्करण

देशभर पछिल्लो २४ घन्टामा थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

थप संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ३५ जना रहेका छन् । 

यो अवधिमा १२ हजार तीन सय ११ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

यो अवधिमा देशभरबाट ३३ सय २६ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख आठ हजार तीन सय ३४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

देशभर हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित हिजोको तुलनामा घटेको हो । 

संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सुझावित समाचार