कोरोना मिटर : आज २२ सय २५ संक्रमित थपिए, २८ सय ४६ निको भए

शनिबार, ८ कार्तिक, २०७७
डिजिटल संस्करण

देशभर लगातार संक्रमित बढेका वेला शनिबार भने संक्रमितभन्दा निको हुनेको संख्या धेरै देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २२ सय २५ जना नयाँ संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये ११ सय १० जना काठमाडाैं उपत्यकाका छन् ।

सोही अवधिमा २८ सय ४६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

यो अवधिमा १३ हजार आठ सय ४६ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । 

योसँगै हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको छ । हालसम्म निको हुनेको संख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमित भने ४६ हजार ५७ जना रहेका छन् ।

संक्रमितमध्ये तीन सय सातजनाको आइसियू र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार