काेराेना संक्रमित पाँच महिनाकी बालिकाको निधन

शनिबार, ८ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित पाँच महिनाकी बालिकाको निधन भएको छ ।

धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा उनको निधन भएको अस्पतालका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

सुन्दरहरैँचा मोरङकी ती बालिकालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै कोभिड अस्पतालमा रिफर गरेको थियो ।

ती बालिकामा मस्तिष्कसम्बन्धी समस्या रहेको डा. श्रेष्ठले जानकारी दिए । उनमा शुक्रबार कोरोना पजिटिभ देखिएको थियो । 

शवको नियमअनुसार व्यवस्थापन हुँदै गरेको अस्पतालले जनाएको छ । 

सुझावित समाचार