एनसेलले ‘इन्डलेस कुराकानी प्लस’ अफरमा घटायो शुल्क

शुक्रबार, ७ कार्तिक, २०७७
डिजिटल संस्करण

एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिमअन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा सुविधा बढाएपछि दर सस्तो भएको हो । 

यसअन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा करसहित १ रुपैयाँ २८ पैसामा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ । अन्य अवस्थामा एनसेल नेटवर्कबाहिरको नेटवर्कमा कल गर्दा प्रतिमिनेट २ रुपैयाँ ५४ पैसा लाग्ने गरेको छ । 

एनसेलले यही योजनाअन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्कभित्रको कल शुल्क पनि घटाएको जनाएको छ । भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भइसकेको अवस्थामा ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्ने जनाइएको छ । 

योजनाअन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्ने जनाइएको छ । हरेक प्याकको फरक–फरक दर तोकिएको छ ।  समयसीमा रहेको प्याकमा ग्राहकले ९५ रुपैयाँ ७७ पैसामा ७ सय मिनेट अन नेट टक टाइम पाउने जनाइएको छ ।

जुन ७ दिनसम्म हरेक दिन १ सय मिनेट टक टाइम हुनेछ । त्यस्तै, १ सय ९१ रुपैयाँ ५४ पैसामा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १ सय २५ मिनेट, ३ सय ८१ रुपैयाँ ७९ पैसामा ३० दिनको प्याक लिएर हरेक दिन १ सय ५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार