काेराेना मिटर : आज थपिए ३६ सय ३७ संक्रमित, निको हुने एक लाख नाघे

बिहिबार, ६ कार्तिक, २०७७
डिजिटल संस्करण

देशमा पछिल्लो २४ घन्टामा ३६ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरेको जनाएको छ । 

याेसमेत हालसम्म देशभर संक्रमित हुनेकाे संख्या एक लाख ४८ हजार पाँच सय नाै पुगेकाे छ । 

आज ३२ सयजना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

अहिलेसम्म कुल ३२ सय १५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । 

हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार आठ सय २० पुगेको छ ।

अहिले निको हुने दर ६९.२ प्रतिशत रहेको छ । 

हाल देशभर ४४ हजार आठ सय ७७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल १३ हजार तीन सय ३९ जना संस्थागत आइसोलेसनमा र  ३१ हजार पाँच सय ३८ होम आइसोलेसनमा रहेको उनले बताए । 

संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ७७ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।

सुझावित समाचार