काठमाडौं उपत्यकामा थपिए १५ सय ५२ संक्रमित

बिहिबार, ६ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ८३ जना, ललितपुरमा एक सय ५७ जना र भक्तपुरमा एक सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार देशभर तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन हजार दुई सय १५ जना संक्रमित  निको भएर डिस्चार्ज भएका छन् ।

सुझावित समाचार