बलात्कार आरोप लागेका तीन आरोपी एक वर्षपछि पक्राउ

बिहिबार, ६ कार्तिक, २०७७
डिजिटल संस्करण

बालिका र युवती बलात्कार गरेर फरार भएका तीनजना अभियुक्तलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ । 

१५ साउन ०७६ मा मोरङको धनपालथान गाउँपालिका– २ स्थित राजमार्ग किनारमा रंगेली नगरपालिकाकी १९ वर्षीया युवती र सुनबर्सी नगरपालिकाकी  १३ वर्षीया बालिका बलात्कार गरी फरार भएका तीनजना अभियुक्तलाई प्रहरी चौकी गडरियाको टोलीले बुधबार राति पक्राउ गरेको हो । 

पक्राउ पर्ने अभियुक्तहरूमा धनपालथान गापा– ७ का २१ वर्षीय रोशनकुमार मण्डल, २० वर्षीय जयकृष्ण मण्डल र २३ वर्षीय मन्जित मण्डल छन् । 

प्रहरीले उनीहरू तीनैजनालाई घरमा आएर लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

घरतर्फ फर्कँदै गरेका बालिका र युवतीलाई उनीहरूले गौँडा ढुकेर साँझ बलात्कार गरेका थिए । 

पक्राउ परेका सबैलाई इप्रका रंगेलीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार