बिपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

बिहिबार, ६ कार्तिक, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै प्रतिष्ठानमा संक्रमितको मृत्यु हुनेको संख्या ६९ पुगेको छ । 

इनरुवा– १ का ८३ वर्षीय पुरुषको बिहीबार बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घरोग भएका उनलाई यही कात्तिक ३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन उपचारका लागि उनलाई प्रतिष्ठान भर्ना गरिएको बताइएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार