काेराेना मिटर : एकैदिन थपिए पाँच हजार सात सय ४३ संक्रमित

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

देशमा पछिल्लो २४ घन्टामा पाँच हजार सात सय ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो अहिलेसम्म एकैदिन संक्रमित थपिएको सबैभन्दा धेरै हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरेको जनाएको छ । परीक्षण पनि यो अहिलेसम्मकै सबैभन्दा बढी हो । 

आज २९ सय ९६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

अहिलेसम्म कुल ९९ हजार ६ सय पाँचजना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । 

हाल देशभर ४४ हजार चार सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल १४ हजार ६ सय ७६ जना संस्थागत आइसोलेसनमा र २९ हजार आठ सयजना होम आइसोलेसनमा रहेको उनले बताए । 
 

सुझावित समाचार