काठमाडौं उपत्यकामा थपिए ३१०७ संक्रमित

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा  तीन हजार एक सय सातजना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौं जिल्लामा २३ सय ९१ जना, ललितपुरमा पाँच सय ४३ जना र भक्तपुरमा एक सय ७३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार देशभर पाँच हजार सात सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ भने २९ सय ९६ जना संक्रमित  निको भएर डिस्चार्ज भएका छन् ।

सुझावित समाचार