देशमा पछिल्लो २४ घन्टामा तीन हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।
योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ ।
आज २१ सय आठजना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म कुल ९६ हजार ६ सय नौजना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
संक्रमणमुक्त हुने दर ६९.४ प्रतिशत रहेको छ ।
हाल देशमा ४१ हजार सात सय ७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हाल १३ हजार पाँच सय ५९ जना संस्थागत आइसोलेसनमा र २८ हजार एक सय ९६ जना होम आइसोलेसनमा रहेको उनले बताए ।
संक्रमितमध्ये दुई सय ७३ जना आइसियू र ७८ जनाको भेन्टिलेरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।