विवेकशील र साझा एकीकरण संयुक्त प्रतिवेदनमा छलफल हुँदै

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरणका विषयमा दुवै दलबीच भएको छलफलका निष्कर्षहरूको संयुक्त प्रतिवेदनमा छलफल चलिरहेको जनाइएको छ ।

एकीकरणका विषयमा बुझाइएको प्रतिवेदन दुवै दलले आ–आफ्नो दलमा छलफल गरेका थिए ।

विवेकशील नेपाली दलका संवाद समितिका संयोजक निर्देश सिलवाल र साझा पार्टीकी संवाद समिति संयाजक समीक्षा बास्कोटाद्वारा जारी विज्ञप्तिमा दुवै दलले यसबारे छलफल गरेर टुंगोमा पुगेपछि एकताको प्रक्रिया अघि बढ्ने जनाइएको छ । 

विगतको गल्तीलाई सच्याएर एकतामा जाने पनि विज्ञप्तिमा उल्लेख छ । 

सुझावित समाचार