धरानमा एक कोरोना संक्रमित वृद्धको निधन

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा एक कोरोना संक्रमित वृद्धको निधन भएको छ । 

इटहरी घर भएका ७८ वर्षीय वृद्धको निधन भएको अस्पतालका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । उनी रक्तअल्पता र पेटको राेगबाट पीडित भएको उनले जानकारी दिए । 

उनमा १ कात्तिकमा कोरोना पजिटिभ देखिएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । 

मृतकको शव नियमअनुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ । 
 

सुझावित समाचार