देशमा पछिल्लो २४ घन्टामा २९ सय ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।
योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ ।
आज २३ सय २६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म कुल ९२ हजार एक सय ६६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
हाल देशमा ३९ हजार तीन सय ४१ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हाल १२ हजार नौ सय ३३ जना संस्थागत आइसोलेसनमा र २६ हजार चार सय आठजना होम आइसोलेसनमा रहेको उनले बताए ।