काेराेना मिटर : आज ३१ सय ६७ जना संक्रमित थपिए, १८ सय डिस्चार्ज भए

शनिबार, १ कार्तिक, २०७७
डिजिटल संस्करण

देशमा पछिल्लो २४ घन्टामा ३१ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । 

आज १८ सयजना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

अहिलेसम्म कुल ८९ हजार आठ सय ४० जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ । 

हाल देशमा ३८ हजार सात सय ३७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल १३ हजार दुई सय ९९ जना संस्थागत आइसोलेसनमा र २५ हजार चार सय ३८ जना होम आइसोलेसनमा रहेको उनले बताए । 

सुझावित समाचार