काेराेना मिटर : थप तीन हजार पाँच सय ५६ जना संक्रमित, सक्रिय संक्रमितको संख्या ३५ हजार नौ सय १५ जना

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप तीन हजार पाँच सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १५ हजार पाँच सय ७७ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको छ ।

आज १५ सय तीनजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७८ हजार सात सय ८० जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित निको हुने दर ६८.३ प्रतिशत रहेको बताए । निको हुने प्रतिशत केही दिनयता निरन्तर घटेको छ ।  

हाल सक्रिय संक्रमितको संख्या ३५ हजार नौ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार आठ सय ६७ जना रहेका छन् ।

त्यसैगरी संक्रमितमध्ये तीन सय सातजनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए । 

सुझावित समाचार