काेराेना मिटर : आज चार हजार ४७ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३३ हजार आठ सय ८० पुग्यो

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप चार हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १४ हजार पाँच सय ३० जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ११ हजार आठ सय दुई पुगेको छ ।

आज १४ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७७ हजार दुई सय ७७  जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित निको हुने दर ६९.१ प्रतिशत रहेको बताए । निको हुने दर केही दिनयता घटेको हो ।

हाल सक्रिय संक्रमितको संख्या ३३ हजार आठ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार नौ सय २३ जना र होम आइसोलेसनमा १९ हजार नौ सय ५७ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी संक्रमितमध्ये दुई सय ७९ जनाको आइसियूमा र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए । 

सुझावित समाचार