धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान– २ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उच्च रक्तचापको बिमारीसमेत रहेका उनलाई २३ असोजमा कोभिड अस्पताल भर्ना गरिएको थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संंख्या ५० पुगेको छ ।