काठमाडौं उपत्यकामा थपिए १४ सय १६ जना संक्रमित

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१  जना र भक्तपुरमा एक सय १०  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर आज दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार