एक लाख ५८ हजार नगदसहित चार जुवाडे पक्राउ

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

पूर्वी नवलपरासीमा गएराति एक लाख ५८ हजार रुपैयाँसहित चारजना जुवाडे पक्राउ परेका छन् । 

मध्यबिन्दु नगरपालिकाको कोल्हुवाबाट गएराति प्रहरीले एक लाख ५८ हजार रुपैयाँसहित चारजना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । 

स्रोतका अनुसार मध्यबिन्दु नगरपालिका– ३ को इभान कटेजबाट प्रहरीले मध्यबिन्दु– ४ का ३८ वर्षीय भर्वजंग चौधरी, २८ वर्षीय विवेक थनेत, ३३ वर्षीय हेमन्त चौधरी र मध्यबिन्दु– ३ निवासी ३४ वर्षीय अरुण भण्डारी रहेका छन् । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । पक्राउ परेकालाई जुवा तास ऐनअनुसार कारबाही चलाउने प्रहरीले तयारी गरेको छ ।

सुझावित समाचार