धरानस्थित बिपी प्रतिष्ठानमा तीन संक्रमितको मृत्यु

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड- १९ अस्पतालमा तीनजना काेराेना संक्रमितको मृत्यु भएको छ । सुनसरीको दुहबीका ६४ वर्षीय एक पुरुष, धनकुटाकी ६१ वर्षीया एक महिला र धरान–८ की ६२ वर्षीया एक महिला गरी तीनजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

दुहबीका पुरुष र धनकुटाकी महिलाको आइतबार बिहान मृत्यु भएको हो भने धरानकी महिलाको शनिबार राति ८ बजे मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । दुहबीका पुरुषलाई गत असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई मिर्गाैलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आइतबार बिहान ३:५० मा मृत्यु भएको हो । 

धनकुटा अस्पतालबाट रेफर भएर गत असोज १६ गते यस प्रतिष्ठानमा भर्ना भएकी ६१ वर्षीया महिलाको पनि आज बिहान ६:४० मा मृत्यु भएको हो । उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । यस्तै शनिबार राति ८ बजे ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । मिर्गाैला समस्या भएका उनलाई असोज २० गते कोभिड अस्पताल भर्ना गरिएको थियो । 

अहिले तीनैजनाको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सुझावित समाचार