काेराेना मिटर : आज थपिए पाँच हजार आठ संक्रमित

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप पाँच हजार आठजनामा संक्रमण पुष्टि भएको छ ।

याे संख्या एकैदिन संक्रमण देखिएकाे अहिलेसम्मकै सबैभन्दा बढी हाे । 

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ ।

यो अवधिमा १९ हजार तीन सय २० जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज १२ सय २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७४ हजार दुई सय ५२ जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

हाल सक्रिय संक्रमित भने ३० हजार आठ सय १८ जना छन् । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना र होम आइसोलेसनमा  १७ हजार एक सय ६४ जना रहेको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार