पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ६ सय ७६ पुगेको छ ।
यो अवधिमा १३ हजार दुई सय ७९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १६ सय ८० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७३ हजार २३ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमित भने २७ हजार ५३ जना छन् ।
संक्रमित निको हुने दर ७२.५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
संस्थागत आइसोलेसनमा ११ हजार एक सय ७६ जना र होम आइसोलेसनमा १५ हजार आठ सय ७७ जना रहेको मन्त्रालयले जनाएको छ ।