सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बिहीबार पौड्याललाई परराष्ट्रसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
शंकरदास बैरागी मुख्यसचिव नियुक्त भएपछि रिक्त रहेको परराष्ट्र मन्त्रालयको सचिव पदमा वरिष्ठताका आधारमा पौड्याललाई नियुक्त गरिएको हो ।
सचिव पौड्यालले कार्यभार शुक्रबार सम्हालेका छन् । उनी २४औँ परराष्ट्रसचिव हुन् ।